धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको दोस्रो परीक्षणमा देखिएन कोरोना
युवतीको तेस्रो स्वाब परीक्षणको नतिजा पनि पोजेटिभ
काठमाडौं । ४ वैशाख । कोरोना संक्रमण भएकी ६५ बर्षीया महिलाको स्वाब परीक्षणको रिपार्ट नेगेटिभ आएको छ ।
उनको बागलुङको धौलागिरि अञ्चल अस्पताको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो ।
गत चैत्र १९ गतेदेखि आइसोलेसनमा रहेकी महिलाको बिहीबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीभन्दा ५ दिन पहिले त्यही आइसोलेसन वार्डमा भर्ना गरिएकी १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतिजासमेत पोजेटिभ आएको छ ।
पोखरास्थित रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ जनाको फरक फरक रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशक डा। बिनोदबिन्दु शर्माले बताए । ‘स्वाब परीक्षणका क्रममा युवतीको कोरोना पोजिटिभ र ६५ वर्षीया महिलाको नेगेटिभ नतिजा देखिएको छ’ उनले भने ।
संक्रमित दुवै जना गत चैत्र ४ गते कतार एअरवेयजको जहाजमा विदेशबाट आएका थिए । काठमाडौंकी १ युवतीमा कोराना भाइरसको संत्रलमण देखिएपछि खोज्दै जाँदा उनीहरूसमेत सँगै आएका र संक्रमण पनि देखिएपछि दुवैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: