डाक्टरमाथि लाठी चार्ज प्रकरणः डीएसपी लम्साल मेट्रो तानिए
काठमाडौं । ४ वैशाख । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेश लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रो तानिएका छन् ।
बुधबार डाक्टरमाथिनै महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको समाचार सार्वजिकन भएपछि डीएसपी लम्साल विवादमा मुछिएका थिए । उनीमाथि छानविन गर्न महानगरीय प्रहरी कार्यायलले रानीपोखरीका एसएसपी किरण बज्रचार्या को नेतृत्वामा अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीसहित तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
सोही समितिको छानविनका आधारमा डीएसपी लम्सालको कमजोरी देखिएपछि उनलाई बिहीबार मेट्रो तानिएको हो । वृत्तको डीएसपी तानिएसँगै उनको ठाउँमा नयाँ डीएसपी खटाउन तयारी प्रहरी प्रधान कार्यालयको छ ।
बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: