Bagmati Samachar Logo

सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस।ख्या मन्त्रालयका अनुसार ८१ बर्षिया महिला र ५८ वर्र्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने अर्का एकजनाको पहिलो परीक्षण नेगेटिभ देखिएको छ ।

हेर्नुहोस मन्त्रालयको सूचना

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड(१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलाको पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको ट्रेसेङि सुरू भएको छ ।