Bagmati Samachar Logo

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।