Bagmati Samachar Logo

३ जनामा कोरोना संक्रमण देखियोः स्वास्थ्य मन्त्रालय

हेटौडा । ३० चैत । स्वास्थ्य मन्त्रालयले नेपालमा थप ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत ३७, ५५ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो ।

पर्साको बिरगंज महानगरपालिका, वडा न २ , छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड १९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ्र उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक टे«सीङ गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।