हेटौंडामा राहत वितरण
हेटौंंडा । २९ । हेटौंडा उपमहानगरपालिका २ पल्पसारोड निवासि समाजसेवी इन्द्र प्रसाद रिजालले स्थानीय विपन्न समुदायका ४२ घर परिवारलार्ई चामल ,नुन, तेल ,आलु, साबुन र मस्यौरा सहित खाद्यान्न सामग्री बितरण गरेको छ ।
विश्वभरी फैलीएको कोरोना भाइरस(कोभिड १९) का कारण देशभरी लकडाउन जारी छ । यस्तो अवस्थामा दैनिक ज्यालामजदुरी गरी खानेपरिवारलाई खाद्यान्नको समस्या पर्न थालेको छ । यस्तो विपद्का कारण बिपन्न र दैनिक ज्यालामजदुरी गरी खाने परिवारलाई समस्यामा परेको छ। हेटौडा २ निवासि इन्द्र प्रसाद रिजालले राहत वितरण गरेका छन् ।
रिजालले भने संसारभरी विपत आएको छ । नेपालमा पनि यसको प्रभाव परेको छ । देश पुरा लकडाउनमा छ । यस्तो अवस्थामा खान समस्या भएका परिवारलाइ खाद्यान्न सहयोग गरेको हुँ । दुःखमा नै सहयोग गर्नु पर्छ । सुखमा त सबैले हेर्छन ।
प्रतिक्रिया दिनुहोस्: