Bagmati Samachar Logo

विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार (आज) बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए।

बागमतीको आगामी आर्थिक वर्षको बजेट भाषण जारी छ।