Bagmati Samachar Logo

महाप्रसाद अधिकारी बने १७औं गभर्नर

हेटौडा । २४ चैत । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बनेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षे कार्यकालको लागि अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिद्‍मा अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव डा। राजन खनालको नाम पनि लगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई चुनेका हुन् ।

अधिकारी १६औं गभर्नर सिफारिस गर्दा पनि ३ जनाको सूचीमा परेका थिए । जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष नेतृत्वदायी भूमिका लिएर अधिकारी राष्ट्र बैंक फर्किन सफल भएका छन् ।