Bagmati Samachar Logo

लकडाउन थप लम्ब्याउन सुदूरपश्चिम प्रदेश सरकारले केन्द्र सरकारलाई अनुरोध

काठमाडौं । २३ चैत ।  आफ्नो प्रदेशमा थप तीन नयाँ संक्रमित फेला परेपछि सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

लकडाउन नलम्ब्याएको खण्डमा अवस्था झनै दुरुह बन्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको समयावधि लम्ब्याउन केन्द्र सरकारलाई अनुरोध गरेको छ ।

शनिबार मात्र थप तीन नयाँ संक्रमित फेला पर्दा कैलालीकी एक महिलामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

ती महिलामा भएको संक्रमण देश भित्र पाइएको पहिलो संक्रमण हो । स्थानीय स्तरमा संक्रमण पाइएपछि सुदूरपश्चिम प्रदेश थप कडाई गर्ने अवस्थामा समेत पुगको छ ।

कोरोना भाइरसको जोखिमको रोकथाम तथा नियन्त्रण लागि सरकारले चैत ११ गतेदेखि देशभर गरेको लकडाउन चैत २५ गते राति १२ बजेसम्म कायम रहने छ ।

तर लकडाउनको अवधिमा पनि संक्रमण थपिएको र लकडाउनको पूर्णपालना नभएको भन्दै लकडाउनलाई थप कडाई गर्ने निर्णय संघीय सरकारले गरिसकेको छ ।