कोरोना सक्रमणबाट सबै नागरिक बचाउन सबैसंग सहकार्य गछौः विप्लव
काठमाडौं । २२ चैत । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट नेपालमा फैलिन न दिन आफ्नो पार्टी सबैसंग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
महासचिव विप्लवले शनिवार एक विज्ञप्ती जारी गरेर उक्त कुरा बताएका छन् । उनले विज्ञप्तीमा सरकारलाई १६ बुँदे सुझाव दिदै आफ्नो पार्टीले गर्ने ६ बुँदेकामको सूचिपनि जारी गरेका छन् । उनले विज्ञप्तीमा कोरोना भाइरसको सक्रमण फैलदा पनि सरकारी स्तरबाट पहल नलिइएको समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा समस्या आएको आरोप लगाएका छन् ।
उनले भनेका छन् ‘कोरोनाको सक्रमणसंगै आवश्यक औजार,उपकरण खरिदप्रक्रिया सुरु गरीयो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन,घुसखोरी,नाफाखोरी गर्न खोजीयो । निजी अस्पतालहरुले विमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता देखिएन । बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेपनि सरकार स्व्यं भ्रष्चारमा संलग्न देखियो ।’
विज्ञप्तीमा भनेका छन् ‘चीनको वुहान शहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरुसहित नेपालमा पनि यसको रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पूँजीवादी व्यवस्था भएका देशहरुको चरम लापरबाहि,जनअनुत्तरदायी,अहंकारी,मुनाफावादी प्रवृतिका कारण त्यहाँका जनताले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था पैदा भयो । साथै नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही,कमिसनखोरी,दलालली प्रवृतिका कारण प्रयाप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौ नेपाली नागरिकहरुले विविध खालका समस्या भोग्नु परिरहेको छ ।’
विज्ञप्तीमा अन्तर्राष्ट्रिय उडान नरोक्दा र परिक्षण नगर्दा अहिलेको समस्या आएको उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी सुन्य भएको आरोप विज्ञप्तीमा छ ।
प्रतिक्रिया दिनुहोस्: