उत्तर कोरियाले कोरोनामुक्त देश घोषणा गऱ्यो

एजेन्सी
काठमाडौं । २० चैत । उत्तर कोरियाले देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले समाचार संस्था एएफपीसँग महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताए । उनले सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको बताएका छन् ।
उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचार आएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।
उता,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा भाइरससम्बन्धी केही न केही भएको बताउँदै आएका छन्। कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन राष्ट्रपति ट्रम्पले एक पत्र पठाएका थिए । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् ।
अर्कोतिर, विज्ञहरुले कमजोर स्वास्थ्य प्रणालीका कारण उत्तर कोरिया भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । उनीहरुले कोरियाली सरकारले भाइरसबारेको अवस्था ढाकछोप गरिरहेको पनि आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: