अब हेटौँडाबाट पनि कोराना भाइरसको {COVID-19} परीक्षण हुने
हेटौँडा, १७ चैत । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ ।
आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो ।
सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको बताउनुभयो । मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय -यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: