Bagmati Samachar Logo

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

हेटौडा । १५ चैत । प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा अनलाईन बन्द गर्न पहल गरेको छ । उसले बन्द गर्नकोलागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ ।

काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका लागि दूरसञ्चारलाई पत्राचार गरेको हो ।

यस्तै, तीनवटा अनलाइनलाई आपत्तिजनक सामग्री हटाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रहसमेत गरिएको शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले जनाएको छ ।

साथै, सूचिकृत नभई सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाई नेपालभर हेर्न नमिल्ने बनाइएको छ भने २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ मागिएको विज्ञप्तिमा उल्लेख छ ।