Bagmati Samachar Logo

प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी बिहीबार राती ११ बजे अस्पतालमा भर्ना भएको बताइएको छ । प्रधानमन्त्रीले असहज महसुस गरेपछि अस्पतालमा गएका थिए ।

स्रोतका अनुसार मनमोहन कार्डियोमा प्रधानमन्त्रीलाई भर्ना गरेर राखिएको छ । अस्पताल प्रशासन र प्रधानमन्त्री कार्यालयले आधिकारिक सूचना भने दिएको छैन ।

२१ फागुनमा शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली ३० फागुनमा अस्पतालमबाट डिस्चार्ज भएका थिए ।