Bagmati Samachar Logo

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

हेटौडा । १२ चैत । नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणको सञ्चालक समिति बैठकले लकडाउन भएको अवस्थामा ग्राहकलाई घरबाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थपेर सेवा दिन निर्देशन दिएको थियो ।

प्राधिरकणले सापटी रकमको सीमा बढाएर २ सय रुपैयाँ र्पुयाउन भनेको छ । हाल यस्तो सेवा १ सय रुपैयाँ मात्र छ ।

यो निर्देशनअनुसार एनसेल, टेलिकमलगायत सबै सेवा प्रदायकले दिनुपर्नेछ । एनसेल र टेलिकमको टप अप सेवा भने फरक फरक छ ।