Swornakshar Logo

क्वारेन्टाइनबाटैै अलपत्र यात्रुको उद्धार गरे जनार्दन शर्माले

हेटौडां । ११ चैत । रुकुमका ३६ जना बुटवलमा अलपत्र परेपछि नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले उनीहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेका छन् ।

सिन्धुलीबाट काम गरेर बसमा घर फर्कंदै गर्दा बुटवल पुग्दा नपुग्दै उज्यालो भयो । उज्यालो भएपछि बसले उनीहरूलाई त्यहीँ ओरालिदियो । बिहान ६ बजे बुटवलमा बसबाट उत्रेपछि उनीहरू अलपत्र परे । त्यसपछि सम्पर्कमा आएको जनादर्नका स्वकीय सचिव श्रीकुमार कठायतले बताए ।

उनीहरूलाई जनार्दन शर्माले आफ्नै खर्चमा रुकुम पुर्‍याउने व्यवस्था गरेका हुन् । शर्माले भने, ‘अहिले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँग कुरा गरेर दाङको लमहीसम्म जानका लागि बसको पास बनाइदिन भनेको छु । पास बनेपछि ३६ जना लिएर बुटवलबाट बस दाङ जानेछ । दाङबाट अर्को बसमा उहाँहरूलाई आज नै रुकुम पठाउने व्यवस्था मिलाएको छु ।’

आज बिहानबाट सुरु भएको लकडाउनका कारण यात्रा गरिरहेका मानिसहरू धेरै अलपत्र परेका छन् । हिजो साँझ यात्रा गरेका मानिसहरू गन्तव्यमा पुग्न नपाउम्हदै लकडाउन हुँदा देशभर समस्या आएको शर्माले बताए ।

उनले भने, ‘सरकारले लकडाउन गरेर राम्रो भएको छ तर यात्रुहरू बीचबाटोमा नै बस्नुपर्ने अवस्थाले अर्को समस्या आएको छ । सरकारले यात्रामा हिँडेका यात्रुलाई गन्तव्यसम्म पुग्ने पास बनाइदिनुपर्छ ।’ बाटोमा अलपत्र परेका धेरै मानिसले आूुलाई सम्पर्क गरेको शर्माले बताए ।

‘पूर्वबाट आएका ३ जना विद्यार्थी कावासोतीमा अलपत्र परेका छन् । उनीहरूलाई घर पुग्ने व्यवस्था मिलाउँदै छुु, शर्माले भने, ‘एक जना विदेशी नागरिक जोमसोमा अलपत्र परेका छन् । उनलाई काठमाडौं अथवा अन्य सुरक्षित स्थानसम्म पुग्नकन लागि जोमसोममा कुरा गरिदिएको छु । उनी फर्कंदै छन् ।’

काठमाडौंबाट कैलालीको सुख्खडमा फिल्म सुटिङमा पुगेको एउटा टोलीले पनि आफू अलपत्र परेकनले केही व्यवस्था मिलाइदिनुपर्‍यो भनेर आूुलाई भनेको शर्माले बताए । किमान्थाको गोलामा सर्भे गर्न गएको प्राविधिक टोली त्यहीँ अलपत्र परेको शर्माले बताए ।

दाङको दमारमा पनि मानिसहरू अलपत्र परेका छन् । प्रहरीले बसलाई पास माग्छन् । पास छैन । पास नभएपछि बसलाई गन्त्यव्यमा पुग्न दिँदैन । यात्रुहरू बीच बाटैमा अलपत्र परेका छन् शर्माले भने, दाङमा अलपत्र परेका यात्रुलाई पनि गन्त्यव्यसम्म पुग्ने व्यवस्था मिलाउँदै छु ।’

लकडाउन भए पनि यात्रामा रहेका मानिसका बारेमा नीति नबन्दा यति धेरै समस्या आएको शर्माले बताए ।