Bagmati Samachar Logo

काठमाडौंबाट लुटपाटका लागि मकवानपुर पुगेका प्रहरी पक्राउ

हेटौडा । १० चैत । लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सादा पोशाकका प्रहरी पक्राउ परेको छ ।

मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत र ललितपुरका १९ बर्षिय सुजन आचार्य रहेका छन् ।
प्रहरी नै लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो । मकवानपुर जिल्ला प्रकरी कार्यलयले आज सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
लुटपाटमा संलग्न असईसहित ३ प्रहरी स्वतः निलम्बित, डाँका मुद्दा चलाइने

लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेका प्रहरी स्वतः निलम्बित भएका छन् ।
मकवानपुर प्रहरीले उनीहरुमाथि डाँडा मुद्दा चल्ने बताएको छ ।

मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद २० को २४४ को उपदफा ३ मा डाँका गरेमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार देखि १ लाख ४० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।
महानगरीय प्रहरी कार्यालयकै सीआरभीमा दरबन्दी भएका प्रहरी सहायक निरीक्षक (असई सुरेन बस्याल, जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोसाकका प्रहरी जवान वीरबहादुर बस्नेत मनवानपुरको एक घरमा हीरा लुट्न पुगेका थिए ।
उनीहरुसँगै पत्रकार सुजन आचार्यसमेत पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले उनीहरुको साथबाट सेतो टल्कने पत्थर जस्तो बस्तु (६१.३०क्यारेट) १२.२६० ग्राम थान १ ,टाइप ५४ चाईनिज पेस्तोल । उक्त पेस्तोलको एक म्याग्जीन र ७ राउण्ड गोली लगायत ल्याप्टप,मोबाइल र प्रदेश ३.०१.०२२ च ३३६२ नं.को खैरो कालो रंगको कार बरामद गरेको जनाएका छ ।