चीनले थाल्यो कोरोनाविरुद्धको खोप परीक्षण, १ सय ८ संक्रमितमा परीक्षण गरिँदै

एजेन्सी
हेटौडा । ९ चैत । चीनले कोरोना भाइरसविरुद्धको खोप पत्तालगाएको छ । चीनले उक्त खोप संक्रमित व्यक्तिमा परीक्षण थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चिनिया सञ्चार माध्यमका अनुसार चीनले तयार पारेको कोरोनाविरुद्धको खोप हाल १ सय ८ जनामा परीक्षण गरिएको बताइएको छ ।
संक्रमितको संख्या शून्यमा झारेको बताएको चीनले खोप परीक्षण थालेर सकारात्मक सन्देश दिएको छ ।
क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको सो खोप परीक्षणमा चीन सरकारले अनुमति दिएपछि हाल १८ देखि ६० वर्ष उमेर समूहका लागि परीक्षण गरिएको चीनको दाबी छ ।
न्यून, मध्यम र उच्च डोजमा परीक्ष्ण सुरु गरिएको सो खोप सफल भए महामारीको रूप लिँदै गरेको यस भाइरसको त्रासमा कमी आउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: