Bagmati Samachar Logo

बागमती प्रदेश सरकारले वजार अनुगमनलाई प्रभावकारी बनाउने

हेटौंडा । ९ चैत । बागमती प्रदेशका सरकारले बजार अनुगमनको कामलाई तिव्रता दिने भएको छ । विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणको त्राससंगै बजारमा पाइने दैनिक उपभोग्य सामान र अन्य सामानको मुल्यबृद्धी भएकाले यसको नियन्त्रणका लागि बजार अनुगमन गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताए ।

प्रदेशस्तरमा गठन भएको बजार अनुगमन समितिको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयले अनुगमनको काम गर्ने बताउनुभयो । बजार अनुगमनमा स्थानीय प्रशासन, प्रहरी, उद्योगी, उपभोक्ता लगायतकाको सहभागितामा गरिने भएको हो ।

बैठकले बजारमा उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना गर्ने, जम्माखोरी, कालो बजारी तथा मिसावटगर्ने कार्यलाई नियन्त्रण गर्न अनुगमन गर्न थालिएको हो ।

प्रदेशका सवै स्थानीय तहले स्थानीय तह र वडास्तरमा समेत अनुगमन समिति गठन गरी अनुगमनलाइ प्रभावकारी बनाउने निर्णय गरिएको छ । यसैगरी बजारमा उपभोग्य सामाग्रीको अभाव हुन नदिन उद्योग बाणिज्य संघ र सो अन्तरगतका विषयगत संघ र खुद्रा ब्यापार संघले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्री नेपालले बताए।

आगन्तुकलाई रात विताउने सेवा दिने पर्यटक स्तरका तथा अन्य होटल, मोटल, लज आदीले आगन्तुकको ज्वरो मापन गर्ने, कोठा, बेडमा प्रयोग कपडा नियमित सफा गर्ने, सेनिटाईजरको प्रयोग गर्ने, बाथरुममा वेगन तथा अन्य वस्तुबाट सफा गर्ने भएको छ । रेस्टुरेन्ट, बार, सपिङ्गमल तथा सपिङ्ग कम्प्लेक्सआदीका सञ्चालकले ज्वरो मापन उपकरण तथा सरसफाईका लागि साबुन पानी तथा सेनिटाईजरको व्यवस्था गरी हात सफा गरेरमात्र भित्र प्रवेश गर्न दिने व्यवस्था गर्नेभएका छन् ।

पसलले पसल वरिपरि निर्म्लिकरणको व्यवस्था गर्ने, पर्यटक यातायातका साधन प्रयोग गर्नुअघि अनिवार्य रुपमा निर्म्लिकरण गर्ने, स्वास्थ्यसँग सम्वन्धित ज्वरो मापन उपकरणको सहज आपूर्तीका लागि नेपाल सरकारलाई अनुरोध गर्ने, अनाधिकृतरुपमा घरघरमा गई समान विक्री गर्ने कार्यलाई रोक लगाउने, स्वास्थ्यसँग सम्वन्धित सामान र अन्य सामानको मूल्यसूची अनिवार्यरुपमा सबैले देख्ने गरी सार्वजनिक गर्ने वा राख्ने व्यवस्था गर्ने, मन्त्रालय, अन्तर्गत निकाय, उद्योग तथा अन्य सेवादिने निकायले आफ्नो घर, कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, प्रवेशद्वारमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

बजार अनुगमनसमितिले बजार अनुगमन लगायत समग्र अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयमा पेश गर्ने व्यवस्था मिलाउने भएको छ । देहाय वमोजिम गर्न सबैमा हार्दिक अपिल गर्ने, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न, भीडभाडबाट टाढै रहने, सकेसम्म घरमै बस्न, अत्यावश्यक काम नपरी बाहिर ननिस्कने, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्ने, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह लिने, धैर्यवान हुनु र संयमता अपनाउन र आतंकित नहुने निर्णय गरिएको छ । वैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, विभीन्न मन्त्रालयका सचिवहरु, उद्योगी, व्यावसायी लगायतकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।