Bagmati Samachar Logo

कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकको १ करोड सहयोग

हटौडा । ९ चैत । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ ।

बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको हो ।

संभावित विपद्ब सिर्जना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गर्ने बैंकको सञ्चालक समितिको बैठकबाट निर्णय भएको बैंकले जनाएको छ ।