Bagmati Samachar Logo

९ गतेपछि पनि नरोकिने यस्ता छन् १८ अत्यावश्यक सेवा

काठमाडौं । ७ चैत । सरकारले राजपत्रमा अंकित अत्यावश्‍यक सेवाबाहेकका अन्य सेवा केही दिनका लागि उपलब्ध नगराउने भनेपछि सर्वसाधारणमा अन्योल देखिएको छ ।

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आग्रह गरे पनि केही सेवा भने आपतकालीन अवस्थामा पनि सञ्चालन गर्नैपर्ने कानुनी व्यवस्था छ ।

सरकारले राजपत्रमै सूचना निकालेर यस्ता सेवाको सूची बनाएको छ ।

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्न अपिल गरेका छन् ।

सरकारले भने पनि सबै सेवा भने बन्द हुने छैनन् । उपभोग्य वस्तुको ढुवानीदेखि स्वास्थ्य सेवालगायतका सेवा बन्द नहुने सूचीमा छन् ।

के के हुन् त अत्यावश्‍यक सेवाहरू ?

दैनिक उपभाग्य वस्तुहरू ९खाद्यान्न, दाल चामल नुन तेल० को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
सञ्चार सेवा
आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
खानेपानीको सञ्चालन तथा वितरण सेवा
पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा
अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी ९एम्बुलेन्स सेवाजस्ता सेवाहरु०
औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
बैंकिङ सेवा
बीमा सेवा
बिद्युत सेवा
डाँक तार वा टेलिफोन सेवा
स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा