Bagmati Samachar Logo

हेटौंडाबाट २ किलो अवैध चाँदीसहित एक जना पक्राउ

२ चैत । हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानी सडकखण्डबाट अवैध चाँदी सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा बाग्लुङको जैमिनी नगरपालीका वडा नंबर ७ बस्ने ३६ वर्षका कृष्ण रसाईली रहेका छन् ।

शुक्रबार प्रहरीले उनलाई भंसार छलि गरि ल्याएको २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिलिग्राम चाँदीसहित पक्राउ गरेको हो । शुक्रबार शंकास्पद रुपमा झोला बोकि हिंडिरहेको अवस्थामा चाँदीसहित उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनको साथबाट बरामद भएको चाँदीको बजार मुल्य १ लाख ७७ हजार १ सय ४३ रुपैयाँ रहेको छ ।

रसाईलीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।