Swornakshar Logo

राजधानीको कपन र सतुंगलबाट ३ लाखबढी मास्क बरामद

२ चैत । काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क र सतुंगलबाट पनि डेढ लाख भन्दा बढी मास्क बरामद बरामद गरेको बताए ।