२७ फागुन । काठमाडौं । विराटनगर महानगरपालिका–१२, मलङ्वाका ७२ वर्षीय परण ऋषिदेवले काठको चिर्पट प्रहार गरी आफ्नै ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घरायसी विवाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा चिर्पटले प्रहार गरेका थिए । चिर्पट प्रहार पछि सगुत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…