ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना

काठमाडौं । २५ फागुन । ठोरी गाउँपालिकाको लगानीमा पर्साको ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
आइतबार ठोरी गाउँपालिका वडा नं.४ आर्मी ब्यारेकमा सर्पदंश केन्द्रको उद्घाटन नेपाली सेनाका सहायक रथी अनुपजंग थापा र गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा गरेका हुन ।
सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको लगानी र नेपाली सेनाको प्राविधिक सहयोग उक्त सर्प दंश केन्द्र सञ्चालन हुने श्रेष्ठले बताए ।

समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउनु परेको श्रेष्ठले बताए ।
सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि वीरगञ्ज वा चितवनको भरतपुर लैजानु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी थापा, पर्सा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन सूर्य बहादुर खडका , गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, वडाध्यक्ष वइबहादुर पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्: