Bagmati Samachar Logo

दिपा नेपालीलाई जातीय विभेद गर्नेलाई कानुन बमोजिम कार्यबाही गर्नुपर्छः नेता मदन भुलको

काठमाडौं । २३ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अनेरास्ववियूका नेता मदन भुलले काठमाडौंमा जातियरुपमा विभेद गर्ने घरबेटिलाइ गिरफ्तार गरि कार्यबाहीको माग गरेका छन् । भुलले भने ‘त्रिभुवन बिश्वबिद्धालयमा अध्ययनरत दीपा नेपालीलाई तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीको घरमा उनीमाथि जातीय विभेद तथा मनोबैज्ञानिक असर पर्ने क्रियाकलाप भयको घटना निन्दनीय एवं घोर भ्रत्सना योग्य छ।’
नेपालको संविधानको भाग ३ धारा २४मा छुवाछूत तथा भेदभाव विरुद्धको हक उल्लेखित छ । नेपाल ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा भएको १३ वर्ष बितिसकेको छ । तर बिडम्बना राजधानी काठमाडौंमै अहिले पनि जातीय भेदभाव र छुवाछुतका घटना दोहोरिरहेका छन् । शिक्षित र सरकारी कर्मचारीकै परिवारले जातीय विभेद गरेको घटना मानव अधिकारको गम्भीर उल्लंघन भयको कुरा स्पष्ट छ ।देशको संविधान बिपरित कुनै पनि प्रकारका विभेद तथा छुवाछुत गर्ने अधिकार जो कोहि लाई पनि छैन र हुन सक्दैन यसर्थ आजको एक्काइसौं सत्ताब्दीमा पनि मानव मानव बिचमा हरेक प्रकार विभेद भैरहने हो भने हाम्रो मुलुक कहाँ पुग्छ ? मानवले स्वतन्त्र भयर बाच्नु नै पाउदैन भने समाजवादको सपना कसरी साकार हुन्छ ? नेपाली जनताको निकै ठूलो त्याग तपस्या संघर्स र बलिदान बाट बनेको देशको संविधान कार्यन्वयन गर्ने गराउने हामी सबैको कर्तव्य हो कानुन बिपरित गतिविधि गर्ने जो कोहि लाई पनि छुट हुन सक्दैन यसर्थ उक्त घटनाको उचित छानबिन गरि दोसिमाथि कानुन बमोजिम कडा कार्यबाही गर्न गर्न सरकारलाई अनुरोध गरेका छन् ।