Swornakshar Logo

जनताको सम्पत्ति सुरक्षित गर्ने अभियानमा लागेका छौः मन्त्री अर्याल

स्याङ्जाबाट शुरु भयो विशेष नापी

स्याङ्जा । २३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनाप नक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकि हुन।
विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या छन् । यो विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताइन।


पुनः नापनक्साका कारण हिजो नापनक्सा गर्दा छुटेकाले राहत पाउने मन्त्री अर्यालले बताइन, हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।
यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन ।
अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक शुरु गर्ने योजनामा रहेको बताउइन । धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने जानकारी दिइन।
मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको उनले बताइन ।
हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौ । प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुदैन । कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुदै गएको छु, मन्त्री अर्यालले बताइन ।

उनले भनिन् जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । हिजो के भयो बिर्सिदउ । अब यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ । हामी त्यही अभियानमा लागेका छौ ।
मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताए । जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने बतए।


टोटल स्टेशन (टिएस) मेशिनमार्फत अब स्याङ्जामा पुनः नापनक्सा कार्य हुनेछ । मेसिनको प्रयोगमार्फत जग्गाको डिटेलको कोअर्डिनेट तत्कालै दिनसकिने बताइएको छ ।
यसले करिब ५ देखि ८ किलोमिटर दुरिसम्मको रिडिङ गर्न सक्‍ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिए।
१२० जना पुरा दरबन्दी पुरा भएमा ५र६ वर्षको अवधिमा जिल्लाभरको नापनक्सा सम्पन्न गरिसक्‍ने नापी अधिकृत गौतमले जानकारी दिनुभयो ।
विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ । यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ ।

त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्‍घाटन गरेकि छिन्।