Swornakshar Logo

विश्व सुन्दरीको यात्रा चेपाङ बस्तीमा, स्वास्थ्य चौकी अवलोकन

२३ फागुन । हेटौंडा । शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा ङिको स्वास्थ्य चौकी अवलोकनका लागि मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । ङिको स्वास्थ्य चौकी मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले निर्माण गरेकि हुन् ।

अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका थिए ।

स्वाथ्यचौकीको अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलले बताइन् ।

कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा श्रृंखलाले ब्युटी पर्पज जित्न सफल भएको देख्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।