Swornakshar Logo

यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

२२ फागुन । काठमाडौं । किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे रहेका छन् ।

बुधबार १७ वर्षीया एक किशोरीले रिन्बोचेले आफूमाथि यौन दुव््रयवहारगरेको भन्दै जाहेरी दिएपछि रिन्बोचेलाई बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले बताए ।

रिन्बोचेलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको हो । उनी सोही प्रतिष्ठानका प्रमुख रहेको डीएसपी सिंहले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।