Swornakshar Logo

घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

१५ फागुन । काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले बताएको छ ।

मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मैनालीको अवस्था गम्भीर रहेका कारण उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौ लगिएको हो ।

घाइते सबैलाई लिन नेपाली सेनाको हेलिकप्टर बर्दिबासस्थित मध्यपूर्वी प्रितना नेपाली सेनाको क्याम्पमा अवतरण गरेको थियो । घाइतेहरूलाई अस्पतालबाट त्यहाँसम्म एम्बुलेन्समा लगिएको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना४च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।