Swornakshar Logo

फ्रान्स पठाइदिने भन्दै ३८ लाख ५० हजार ठगी गर्ने महिला पक्राउ

१५ फागुन । काठमाडौं । फ्रान्स पठाइदिने भन्दै तीन जनाको ३८ लाख ५० हजार ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंका तारकेश्वर नगरपालिका १९ स्थित मनमैजु बस्ने पुर्णिमा श्रीष रहेको प्रहरीले बताएको छ ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताए ।

सिंहका अनुसार श्रीषले विभिन्न मितिमा ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए ।