Swornakshar Logo

कलंकीमा ट्रकले ९ सवारी साधनलाई दियो ठक्कर, एक जनाको मृत्यु, १० घाइते

१२ फागुन । काठमाडौं । काठमाडौंको कलंकीमा मालबाहक एउटा ट्रकले मोटरसाइकलसहित ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । थानकोटतिरबाट कलंकी आइरहेको ट्रकको ब्रेक फेल हुँदा सोमबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परी चितवन टाँडीका शमशेर गुरुङको मृत्यु भएको छ भने १० घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरका अनुसार उक्त ट्रकले ३ वटा मोटरसाइकल, एउटा स्कुटर, २ वटा मिनीट्रक र १र१ वटा ट्याक्सी र सरकारी गाडीलाई ठक्कर दिएको हो ।

प्रहरीले ट्रक चालक सर्लाही घर भएका वीरेन्द्र साहलाई नियन्त्रणमा लिइएको छ ।