Swornakshar Logo

जनयुद्धमा प्रचण्ड बस्ने गरेको घर अब पर्यटक केन्द्र

१२ फागुन । रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका बेला बसेको घरलाई युद्ध पर्यटन क्षेत्र घोषणा गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सोमबार एक कार्यक्रमबीच त्यो घर र उक्त क्षेत्रलाई ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरेका हुन् । रोल्पाको राङ्सीको घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको जितेन पुनले बताए ।


कार्यक्रममा मन्त्री पुनले जनयुद्धका क्रममा प्रचण्ड बसेको घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको बताए । उनले भने, परिवतर्तित सन्दर्भमा आफूहरुले त्यस घरलाई जनयुद्धमा सहभागी भएकाहरुको मात्र नभइ राजतन्त्रको अन्त्य र गणतन्त्र, संघीयता, समावेशीतासहितका लागि भएका आन्दोलनहरुको बिम्ब र प्रतिक बनाउन चाहेका हौ । मन्त्री पुनले तत्कालिन सात दल र माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई त्यही घरमा प्रचण्डले भेटेको उनले बताए । उनले तत्कालिन समयमा प्रयोगमा आएका खाट, खाना पकाउने र खाने भाँडा दस्तावेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने जानकारी दिए ।