Swornakshar Logo

बागमतिका कृषि मन्त्रीद्धारा माछा पोखरी शिलान्यास

६ फागुन । हेटौडा । बाग्मती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले युवाहरुले विदेश जान छोडेर स्वदेशमै कृषि व्यवसाय मार्फत आयआर्जन गर्न सक्ने बताए । हेटौडामा भएको एक कार्यक्रममा बोल्दै मन्त्री लामाले, अब युवाहरुले बिदेश जान छोडेर स्वदेशमै कृषि व्यवसाय मार्फत आयआर्जनसंगै पर्यटन आकर्षित गनु सकिन्छ ।


बागमती प्रदेशको कृषि उपज देशै भरी पुर्याउन सक्नुपर्ने यसरि युवा अघिसरे छिटै देश कृषिमा आँत्मनिर्भर बन्न सक्छ बताए । ।हेटौडा उपमहा नगरपलिका वडा न.१६ हटियमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को सहकार्यमा , ए.जि. कृषि फार्मले आज एक कार्यक्रमको आयोजना गरि माछा पोखरी सिलान्यास गरेको छ । १० हेक्टर क्षेत्रफल जमिनमा १२ वटा पोखरीको आगामि चैत मसान्त सम्ममा निर्माण कार्य पुरागरी गरी चैत महिनामा उत्घाटन गरिने छ । उक्त १२ वटा पोखरीमा कार्प समुहका माछा पालन गर्ने र १ बर्ष भित्र बजारमा ताजा माछा बितरण संगै यसै स्थानमा रेस्टुरेन्ट सन्चालन गरिे यहाँ आउँने पर्याटकहरुलाई पोखरी घुम्ने बल्छीले माछा मार्ने दिने र अन्य परिकार संगै यहि उत्पादित् माछा को परिकार चखाउने व्यवास्था गरिने यसै ए.जि. कृषि फार्मका संचालाकद्धय गणेह प्रसाद दहाल र अशोक भुलनले बताए । कार्यक्रम स्थानिय समाजसेवी श्याम प्रसाद चौलागाँइको अध्यक्षतामा बसेको छ ।