Bagmati Samachar Logo

राष्ट्रपतिले दिइन् ३२९ जनालाई कैद माफी

६ फागुन । काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसमेत ३२९ जनालाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने सो दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ ।