प्रधानमन्त्री नियमित चेकजाँचका लागि अस्पतालमा
६ फागुन । काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचकोलागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचकोलागि त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ एक घण्टामा नै बालुवाटार फर्कनु भयो’, थापाले भने ।
प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: