Swornakshar Logo

टिपरको ठक्करबाट कोशी राजमार्गमा २ विद्यार्थीको मृत्यु एकको अवस्था गम्भीर

३ फागुन । काठमाडौं । शनिबार बिहान विराटनगरस्थित कोशी राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटना बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ तथा विराटनगर प्रवेशद्वारनजिकैको कोशी राजमार्गमा भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाका २० वर्षीय हरेराम साह र सिरहाकै लहानका २१ वर्षीय मोहम्मद ओजिर रहेका छन् भने सोही मोटरसाइलमा सवार सप्तरीको रुपनीका १९ वर्षीय धनराज यादव गम्भीर घाइते भएको बताइएको छ ।

गम्भीर घाइते भएका यादवको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरु गोल्डेन पार्क कलेज विराटनगरमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ ।

तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाइकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेटनजिकैको सडकमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका २ जनालाई कोशी अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । टिपरचालक ग्रामथान गाँउपालिका– ७ का ३५ वर्षीय शशिकुमार थान्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।