Swornakshar Logo

जनरल सुलेमानीको हत्यापछि फेरि हमला, ६ जनाको मृत्यु

१९ पुस । काठमाडौं । विहिबार राती इरानका विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानी इराकमा मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा जनरल कासिम सुलेमानीलाई मारिएको बताइएको छ ।

सुलेमानीको हत्यापछि पनि अमेरिकाले पुन हमला गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार शुक्रबार मध्यराती अमेरिकी ड्रोनले उत्तरी बगदादमा सिया विद्रोही संगठन –पपुलर मोविलाइजेसन फोर्स (पीएमएफ) माथि हमला गरेको थियो जसमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

जनरल सुलेमानी मारिए पछि अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा उनले भने, दुई देशबीचको सम्भावित युद्ध रोक्नका लागि जनरल कासिमलाई मार्ने निर्णय गरिएको थियो युद्ध सुरु गर्नको लागि होइन ।

राष्ट्रिपति ट्रम्पले सुलेमानी विश्वको एक नम्बर आतंकी जनरल भएको बताए । साथै त्यस क्षेत्रमा आतंकको राज अन्त्य भएको घोषणा पनि ट्रम्पले गरे । ट्रम्पले अघि भने, कासिम सुलेमानी अमेरिकी अधिकारी र सैनिकमाथि आक्रामणको योजना बनाइरहेका थिए । तर हामी उनलाई मार्न सफल भयौं उनले भने ।’

तर यता भने सुलेमानीको मृत्युपछि मध्यपश्चिम एसियाली देशबीच अब वर्चश्व नभई युद्ध सुरु हुनसक्ने सम्भावना देखिन्छ । र यसको असर देखिन पनि थालेको छ । अमेरिकाले शैन्य बेसको सुरक्षा बढाएको छ । यता इराकमा ५ हजार अमेरिकी सैनिक तैनाथ छन् ।