Swornakshar Logo

मकवानपुरमा मोटरसाइकल चोर्ने र गाँजा ओसार्ने ६ जना पक्राउ

७ मंसिर । हेटौंडा । महगाँ मोटरसाईकल चोरी गर्ने र लागू औषध गाँजा ओसार्ने ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज हेटौंडामा सार्वजनिक गरिएको छ । बिभीन्न स्थानमा मोटरसाईकल चोरी गर्ने चार जना र गाँजा ओसार्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवापनुरले आज हेटौंडामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका ४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका ६ पर्सौनीका २२ बर्षीय धिरज चौधरी रहेका छन् । उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरीगरी ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।

पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका प्रहरीले बताए । यसैगरी मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १२ का २७ बर्षीय राजकुमार तितुङ र ३२ बर्षीय बीरबहादुर तितुङ रहेका छन् ।

मनहरीबाट हेटौँडा आउँदै गरेको बा ५७प २३४३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तरगत नेवारपानीमा जाँच गर्दा बीरबहादुरले बोकेको झोलामा साँढे ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत २ बर्षदेखि १० बर्ष कैद र १५ हजार रुपैँयादेखि १ लाख रुपैंया जरीवाना र सवारी जफत हुने कानूनी प्रावधान छ ।