Swornakshar Logo

हेटौडामा आँखा र रक्तदान कार्यक्रम सम्पन्न

७ मंसिर । मकवानपुर । हेटौडामा आज शनिबार आँखा र रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रगतको कमीका कारण कसैको पनि ज्यान नजाओस भनेर गोल्डेलन यातायात प्रा.लिले उक्त कार्यकक्रमको आयोजना गरेको हो । त्यसै खेरजाने आँखादान गराई दृष्टिबिहिनहरुलाई सहयोग हुने हुदा आँखा दान कार्यक्रम राखेको हो ।


गोल्डेन यातायात प्रा.लि ले यो कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ४सय ७ जना मानिसले आँखादान गरेका छन् भने ८७ जना मानिसहरुले रक्तदान गरेकाछन् ।
“समाजको भ्रमपुर्ण बुझाइका कारण आँखादान गर्न मानिसहरु हिचकिचाउने गरेकाछन् , रक्तदान जिवनदान हो भने आँखादान महाँदान हो । एक जाना व्यक्तिको दुइ वटा आँखाले चारजाना दृष्टिबिहिनहरुलाई संसार देखाउन सकिन्छ । यसैले पनि यो महाँदान हो ।” गोल्डेन यातायात प्रा .लि का अध्यक्ष सुधिर थापाले बताउनु भयो ।


कार्यक्रम प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र जनसरोकार केन्द्रका ध्रुव प्रसाद चौलागाँई, जिल्ला समनवय मकवानपुरका संयोजक रघुनाथ खुलाल र नेपाली काँग्रेसका प्रवक्ता प्रदिप कोईराला लगायतको आतिथ्यता थियो । कार्यक्रममा आफ्नो आँखा र रगतदान गरी सहयोग गर्नुहुने दानिहरुलाई उक्तकार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्तकार्यक्रम जनसम्पर्क केन्द्रको सहयोगमा हेटौडाको बुद्धचोकमा गरिएको हो ।