Swornakshar Logo

पाल्पाको एक जङ्गलमा मानव कंकाल फेला

५ मंसिर । काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको एक जङ्गलमा मानव कंकाल भेटिएको छ । बिहीबार बिहान स्थानीयले बेवारिसे अवस्थामा मानव कंकाल देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए ।

अप्ठ्यारो ठाउँमा खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । कंकालको माथि रूखमा सर्ट बाँधिएको अवस्था भेटिएको छ । कंकाल सर्टमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीकोअनुमान छ ।

घटनास्थलमा एउटा झोलासमेत भेटिएको छ । झोलाभित्र रहेको रातो टिसर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा लेखिएको छ । तर, पुरुष वा महिला कसको भन्ने समाचार तयार पार्दासम्म खुलेको छैन् । उक्त कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।