लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड
३ मंसिर । रुपन्देहि । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताए । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि विदेशमा लगानी गर्न जानु भएको छ भन्ने सुनेँ यो दुःखद कुरा हो,’ उनले भने ।
जनतालाई सहज हुने ठाउँमा प्रदेश ५ को राजधानी बनाउनुपर्ने पक्षमा आफू रहेको उनको धारणा थियो । ‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ,’ प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’
अध्यक्षले तीब्र आर्थिक विकासका लागि बाँकी जीवन अर्पण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। केही समयभित्र लुम्बिनी पर्यटनको अग्रणी स्थान हुने सम्भावना रहेको भन्दै उनले आवश्यक पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता पनि जनाए । ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ अध्यक्ष प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्: