Bagmati Samachar Logo

कैलालीमा अज्ञात समूहद्वारा बसमा आगजनी

२५ कार्तिक । काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडक छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नंको बसमा अज्ञात समूहद्वारा आइतबार राति आगजनी भएको छ ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टका अनुसार केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको बताए।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको भट्टले बताए।