Swornakshar Logo

सिआन पुर्नस्थापना केन्द्रद्धार च्याउ उत्पादन सुरु

२३ कात्तिक । हेटौैडा । सिआन केन्द्र हेटौडाले व्यसायीक च्याउ उत्पादन सुरु गरेको छ । लागुऔष प्रयोगकर्ताहरुलाई पुनःस्थापना गदै आएको सिआनले च्याउ उत्पादन सुरु गरेको केन्द्रका सल्लाहकार सौजन डिसीले बताए ।
लागुऔषध प्रयोगकर्ताहरुले लागुऔषध प्रयोग त्यागेर विकल्पको रुपमा आत्मनिर्भर र कृषि उन्मुख हुन च्याउ खेति सुरु गरेको डिसीले जानकारी दिए । उनले भने ‘ सिआन केन्द्रले उत्पादन गरेको स्वस्थ,सफा,फ्रेस च्याउ कम मुल्यमा सिआन पुर्नस्थापना केन्द्र लाम्सुरेमा आज बाट बिक्रीवितरण सुरु भएको छ।’


हेटौडा उपमहानगरपालिका वडा नं. ९मा यसको आउटलेट रहेको छ ।
सिआन केन्द्रले उत्पादन गरेको च्याउको विक्रिवितरण सुरु गरेको डिसीले जानकारी दिए ।
च्याउ खेति गर्न वडा नं. ९ का वडा अध्यक्ष श्री लक्ष्मण प्रसाद भन्डारी र वडाका बासीन्दाले सहयोग गरेका थिए ।


डिसीले भने सम्भावना छ,‘यदि सबैले लागुऔषध प्रयोगकर्तालाई हौसला र ज्ञानका साथै सक्ने सहयोग गर्ने हो भने,केहि बर्षमा धेरै राम्रो कार्य यहि समाजमा धर्तिको बोझ भनिएका हरुले गरेको देख्न सकिन्छ।’
च्याउन बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा विक्रिवितरण गरेको पनि डिसीले जानकारी दिए ।