ताजा अपडेट
अपराध

कालापानीमा भारतले राखेको क्याम्प हटाउन कुटनीतिक पहल गर्न विभिन्न दलका नेताद्वारा सरकारलाई सुझाव

कालापानीमा भारतले राखेको क्याम्प हटाउन कुटनीतिक पहल गर्न विभिन्न दलका नेताद्वारा सरकारलाई सुझाव

काठमाडौं, २३ कात्तिक । नेपालको भूमि कालपानीमा भारतले राखेको क्याम्प हटाउन कुटनीतिक पहल गर्न बिभिन्न दलका नेताहरुले सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा नेताहरुले नेपालको भूभागमा कब्जा गरेझैं गरी बसेको भारतीय सेनालाई हटाउन कुटनीतिक पहल गर्न सुझाव दिएका हुन् । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद्को उपस्थितिमा बसेको बैठकमा नेताहरुले राष्ट्रिय अखण्डताको सवालमा आफ्नो अडान नछोड्न समेत आग्रह गरेका थिए । यस्तै, राष्ट्रिय हित विपरित हुने कुनै पनि निर्णय नगर्न आग्रह गरेका थिए ।

यस्तै, बैठकमा प्रधानमन्त्री ओलीले सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्ने समेत धारणा राख्नुभएको थियो । बैठकमा सीमाविद् एवं पूर्व परराष्ट्रमन्त्रीहरुले नेपालसंग भएका ऐतिहासिक प्रमाण र दस्तावेजका आधारमा कुटनीतिक रुपमा समस्याको समाधान खोज्न समेत सरकारलाई सुझाव दिएका थिए ।

साथै, वैठकमा भारतीय राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने र भारतले नमानेमा संयुक्तराष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमा यस विषयमा कुरा उठाउनुपर्ने सुझाव समेत दिएका थिए । बैठक अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…