Swornakshar Logo

समाजवादी विद्यार्थी युनियनले जलायो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामानेपालको भूभाग गाभिएको विरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् ।

भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै यसबेला देशभर प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी,लिपुलेक,लिम्पियाधुरालाई समेत राखिएको छ ।