Swornakshar Logo

हेटौंडामा तेजाप छ्याप्नेलाई पक्राउ पछी सार्वजनिक, फाँसीको सजाय दिन पीडितको माग

१५ कार्तिक । हेटौंडा । हेटौंडामा ६ वर्ष अगाडी एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई आज प्रहरीले पक्राउ गरेर हेटौंडामा सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै पीडित विन्दवासीनी कंशाकारले तेजाप छ्यापेर भाग्ने भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई फासीको सजाय दिनका लागि पीडितले गर्नुभएको छ ।
६ वर्ष अगाडी हेटौंडाको मेनरोडमा रहेको आफ्नै पसलमा आएर तेजाप छ्याप्ने पीडकलाई फासीको सजाय दिनका लागि पीडित विन्दवासीनी कंशाकारले माग गर्नु भयो । एसीड प्रहार गरेर भाग्नेलाई फासी दिन नसके जन्मकैदको सजाय दिनका लागि उहाँले माग गर्नुभयो । त्यती गर्न नसके हेटौंडा बजारमा छोडिदिएमा यहाँका जनताले कार्बाही गर्ने कंसाकारले माग गर्नुभयो ।

एसीड प्रहारबाट दशैभरी धेरै पीडित रहेकाले उनीहरुको न्यायको निम्ती पनि फासीको सजाय दिनुपर्ने कंशाकारले आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा माग गर्नुभयो । प्रहरीले केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीमा लुकेर वसेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा निरन्तर खटिएको प्रहरीटोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बारा अन्तरगत कार्यरत प्रहरी नायव निरीक्षक शागर शम्शेर जवरा सहितको प्रहरीको विशेष टोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । बाराबाट पक्राउ गरेलगतै आज जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एज्ञ प्रसाद भटलाईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।