Swornakshar Logo

हेटौंडाकी विन्दवासीनीको आक्रोस, तेजाप छ्याप्नेलाई पत्रकार सम्मेलनमै झम्टीइन

१५ कार्तिक । हेटौंडा । हेटौंडामा साढे ६ वर्ष अगाडी एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ बस्ने राज भन्ने दिलीप राज केशरीलाई आज प्रहरीले पक्राउ गरेर हेटौंडामा सार्वजनिक गरेको छ ।

एसीड प्रहार गरेर फरार रहेका केशरीलाई आज मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा विन्दवासीनी कंशाकारले रिस थाम्न सक्नु भएन । पत्रकार सम्मेलन गर्दै गर्दा एक्कासी दिलीपलाई पिट्न लाग्दा प्रहरीले कंशाकारलाई रोकेको थियो । तर, पनि दिलीपलाई पत्रकारकै सामु पटक पटक झम्टेर पिट्न लाग्दा उहाँका आफन्तहरुले पनि रोकेका थिए ।

६ वर्ष अगाढी हेटौंडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीको सहयोगमा अभियुक्तलाई ६ वर्ष पछी पक्राउ गर्न सफल भएको हो ।

२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसीड प्रहार गरी भारतमा लुकेर वसेका दिलीपराज केशरीलाई बारा प्रहरीले आज पक्राउ गरेको हो । बारा प्रहरीले पक्राउ गरे लगतै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनलाई राखिएको छ ।
यो ६ वर्षको अवधिमा मकवानपुरमा प्रहरी प्रमुख धेरै फेरीए तर, दिलीपराज केसरीलाई पक्राउ गर्न सकिएको थिएन । नेपाल र भारत ओहोर दोहोर भने उनी गर्दै आएका थिए ।