Swornakshar Logo

काठमाडौंमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु २० जना भन्दा बढी घाइते

१४ कार्तिक । काठमाडौं । बिहीबार काठमाडौंको लप्सीफेदीमा सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुईजना महिला र एकजना पुरुष रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन । प्रत्यक्षदर्शी शालिगराम दुलालका अनुसार बसले च्यापिएका दुई महिलाको शव अझै निकाल्न नसकिएको र स्काभेटरको खोजी भइरहेको छ ।

बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।
घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

दुर्घटनामा २० जना घाइते भएको र उनीहरूको शुष्मा कोइराला मेमोरियल, लाइफ केयर र जोरपाटीको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने गोल्फुभञ्ज्याङ्गबाट बिहान १० बजे गुडेको बसमा ७० जनाभन्दा बढी सवार थिए ।
प्रत्यक्षदर्शीका अनुसार बसको जहरसिंह पौवादेखि नै ब्रेक लागेको थिएन । झण्डै दुईकिलोमिटर ओह्रालो बाटो छिचोलेपछि घट्टेखोला (शालीनदी)पुल नजिकैको मोड काट्न नसकी सडकछेउमा पल्टिएको थियो ।