Swornakshar Logo

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छः उपराष्ट्रपति पुन

१४ कार्तििक । सिन्धुपाल्चोक । उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको बताए । उनले भने जनमुखी र वैज्ञानिक शिक्षाकोलागि शैक्षिक प्रणालीमा सुधार गर्नुपर्न बताएका छन्।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयाँै बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए । हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गरे ।

विसं २०७२ को भूकम्पले क्षेतिग्रस्त उक्त विद्यालय नेपाल हिल्फे वाइलग्रीस जर्मनीको आर्थिक तथा ग्रामीण सुधार सेवा समिति सिन्धुपाल्चोक सुकुटेको संयोजनमा रु सात करोड १८ लाखमा पुनःनिर्माण गरिएको हो ।

कूल ३३ कोठा रहेको भवनमा १२ सौचालयसहित कम्पाउण्ड, फर्निचर समेतको सुविधा सम्पन्न भवन रहेको ग्रामीण सुधार सेवा समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । संस्थाले जिल्लामा दर्जन बढी विद्यालय भवनको पुनःनिर्माण तथा प्रवलिकरण गरिएको छ ।